दफा ३४
लिखित वा प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन गर्ने
(१) आयोगले लिखित वा प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन गर्दा त्यस्तो परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुमध्ये रिक्त पदको अनुपातमा तोकिए बमोजिमको सङ्ख्यामा सबैभन्दा बढी अड्ढ प्राप्त गर्ने उम्मेदवारको रोल नम्बर, नाम, थर समेत उल्लेख गरी नतिजा प्रकाशन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम नतिजा प्रकाशन गर्दा अन्तर्वार्ता लगायत विभिन्न चरणमा लिइने अन्य परीक्षाको कार्यक्रम र मिति समेत खुलाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम नतिजा प्रकाशन गर्दा अन्तर्वार्ता लगायत विभिन्न चरणमा लिइने अन्य परीक्षाको कार्यक्रम र मिति समेत खुलाउनु पर्नेछ ।